समाज

खेतमा धान रोप्‍ने क्रममा चट्याङ लागेर एक महिलाको मृत्यु

इकागज |
असार २७, २०८१ बिहीबार १९:२३ बजे

सांकेतिक तस्बिर

रौतहट- रौतहटको मौलापुर नगरपालिका अन्तर्गत चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आज बिहीबार दिउँसो परेको पानी संगै चट्याङ लागेर मौलापुर ८ सोनरनिया गाउँको रामायण बैठा धोबीको श्रीमती ५५ वर्षीया धरोहरी देवीको मृत्यु भएको हो ।

खेतमा धान रोप्ने क्रममा एक्कासी चट्याङ लागेर धरोहरी देवीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलापुरका सई कृष्ण साहले बताएका छन् ।


जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपी एलिजा गिरीले घटनाको पुष्टि गर्दै मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लागिएको जानकारी दिएकी छिन् ।


Author

थप समाचार
x