समाज

यी ठाउँमा हुँदैछ अति भारी वर्षा

इकागज |
असार २८, २०८१ शुक्रबार ६:४६ बजे

फाइल फाेटाे

काठमाडौँ - देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा पनि रातीदेखि नै पानी परिरहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारण देखि पूर्ण बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। 


कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  केही  स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  एक/दुई स्थानमा धेरै भारी देखि अति भारी  वर्षाको सम्भावना रहेको छ। 

आज राति देशभर साधारण देखि पूर्ण बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र  गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी  वर्षाको सम्भावना रहेको छ। 


Author

थप समाचार
x