समाज

‘पहिरोले बगाएको बसमा सात भारतीय थिए’

इकागज |
असार २८, २०८१ शुक्रबार १५:३१ बजे

मुग्लिन (चितवन)- नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एकमा सात भारतीय नागरिक रहेका खुलेको छ । 

वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसमा चालकसहित बसका तीन जना कर्मचारी, १४ जना यात्री र भारतीय नागरिक सात जना गरी २४ जना रहेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 


हालसम्म जिल्ला प्रशासन कार्यालयले सात जना भारतीय नागरिकसहित १७ जनाको विवरण सार्वजनिक गरेको छ । सोही मार्ग भएर काठमाडौँबाट रौतहटको गौरतर्फ गइरहेको अर्को बस पनि त्रिशूलीमा खसेको छ । नदीमा खसेको बस अहिलेसम्म भेटिएको छैन ।  सो बसका यात्रुमध्ये तीन जना पौडिएर बाँच्न सफल भएका छन् । 

पहिरोले बगाएका दुवै बस र तिनमा सवार यात्रुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ ।


Author

थप समाचार
x