समाज

आजको मौसम : हल्कादेखि भारी वर्षा हुने

इकागज |
असार २९, २०८१ शनिबार ६:२४ बजे

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा सरदर  स्थानभन्दा उत्तरतर्फ रहेको छ ।

हाल कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्कादेखि मध्यम  वर्षा भइरहेको छ। 


आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती  र  गण्डकी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी,  लुम्बिनी र  सुदूरपश्चिम  प्रदेशका  थोरै स्थानहरूमा साथै कर्णाली र प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेश  र  गण्डकी  प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 


Author

थप समाचार
x