समाज

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

इकागज |
असार २९, २०८१ शनिबार २१:३४ बजे

सांकेतिक तस्बिर

हुम्ला- अदानचुली गाउँपालिका–६ मा पर्ने लौँठीगाउँकी ३१ वर्षे गर्भवती लक्ष्मी बुढालाई उद्धार गरिएको छ । सुत्केरी व्यथाले च्यापेपछि लौँठी स्वास्थ्यचौकीमा पुर्याइएको र त्यहाँ उपचार सम्भव नभएपछि आज हेलिकप्टरमार्फत उनलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्याइएको हो । 

बुढालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको लौँठी स्वास्थ्यचौकीका संयोजक नवराज भण्डाराले बताए । 'सुत्केरी व्यथाले च्यापेको अवस्थामा बुढालाई स्वास्थ्य चौकीमा ल्याइएको थियो, तर सुत्केरी गराउन सक्ने अवस्था नभएपछि स्वास्थ्यकर्मीको सिफारिसमा सुर्खेत रेफर गरिएको हो,' संयोजक भण्डारीले भने । यसका लागि  स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताए ।



Author

थप समाचार
x