गृह सचिवले भने - बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्ने प्रविधि ल्याउन पहल भइरहेको छ
काठमाडौँ - गृहसचिव एक नारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् ।
चितवनको सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे स्थलगत जानकारी लिँदै गृहसचिव अर्यालले बस र यात्रुको खोजीका लागि छिमेकी मुलुकबाट आवश्यक प्रविधि ल्याउने प्रयास भइरहेको बताएका हुन् ।
यसका लागि सम्बन्धित देशका राजदूतसँग कुराकानी भइरहेको र चीन तथा भारतबाट उपकरण आउने प्रतिवद्धता आएको उनले बताए । उनले मृतकहरूको पहिचानका लागि तीव्रताका साथ काम अघि बढाउने र राहतको विषयमा पनि गृहले आवश्यक पहल गर्ने जिकिर गरे ।
सचिव अर्यालसहित प्रहरी महानिरीक्षक वसन्त कुँवरलगायतको सुरक्षा टोलीले दुर्घटनास्थलको स्थलगत निरीक्षण गरेका हुन् । असार २८ गते बिहान भरतपुर महानगरपालिका–२९ नारायगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नंको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नंको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए । नदीमा बेपत्ता ६५ यात्रुमध्ये अहिलेसम्म केही यात्रुको मात्रै शव फेला परेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया