समाज

बेपत्ता बस र यात्रुहरूको खोजी कार्य जारी, सोनार डिभाइस प्रविधिको प्रयोग

इकागज |
असार ३१, २०८१ सोमबार १४:४६ बजे

काठमाडौँ- चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार पहिरोले बगाएको बस र यात्रुहरूको खोजी कार्य जारी राखिएको छ ।

खोजी कार्यलाई थप प्रभावकारी बनाउनका लागि उच्चस्तरको सोनार डिभाइस प्रविधि प्रयोग गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हलचोकबाट कुरिनटार लगिएको सो डिभाइसमार्फत खोजी कार्य गरिएको हो । उक्त प्रविधि २०० मिटर गहिराइसम्मको जुनसुकै वस्तु पनि पत्ता लगाउने खालको रहेको सशस्त्रले जनाएको छ । बसका यात्रु मध्ये केहीको शव दुर्घटना स्थलभन्दा निकै पर भेटिएको छ । भेटिएका शवहरूको आफन्तहरूलाई देखाउँदै सनाखत गरिएको छ ।


असार २८ गते बिहानको समयमा  नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नम्बरको गणपति डिलक्स बस पहिरोसंगै त्रिशूली नदीमा खसेका थिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी जारी राखेका छन् ।


Author

थप समाचार
x