बागमतीमा डुबेका तीनमध्ये दुई बालकको उद्धार, एक बेपत्ता
फाइल तस्बिर
रौतहट- रौतहटको पूर्वीभेग गढीमाई नगरपालिका ३ लक्ष्मीपुर घाटस्थित बागमती नदीमा नुहाउने क्रममा डुबेको ३ जना बालकमध्ये २ जनाको उद्धार भएको छ भने बेपत्ता एक जना बालकको खोजी कार्य जारी रहेको छ ।
बिहानैदेखि लागेको चर्को घामले अत्यधिक गर्मी लागेर सोमबार दिउँसो स्थानीय हस्बुदिन कवाडीका १० वर्षका छोरा सफर कवाडी, केशर कवाडीका १२ वर्षका छोरा सयदुल्ला कवाडी र वर्ष ८ का सफर कवाडी गाउँ छेउको बागमती नदीमा नुहाउन गएका थिए ।
नदीमा पौडी खेल्ने क्रममा तीनैजना बालकहरू पानीमा डुबेपछि स्थानीयले सयदुल्ला कवाडी र हसर कवाडीलाई पानीबाट निकालेर तत्काल उपचारका लागि गरुडातर्फ पठाएका थिए । हस्बुदिन कवाडीका छोरा वर्ष १० को सफर कवाडी भने नदीमा बेपत्ता भएका छन् ।
घटनाको खबर पाएलगत्तै सशस्त्र प्रहरी सुरक्षा बेस समनपुरका सई सत्य नारायण माझीको कमाण्डमा ७ जनाको टोली, प्रहरी चौकी बरियारपुरबाट असई बिन्देश्वर यादबको कमाण्डमा ३ जना र स्थानीयद्वारा खोजी कार्य हुँदा पनि तीन बजेसम्म बेपत्ता बालक फेला परेका छैनन् ।
पछिल्लो सूचनाको आधारमा सशस्त्र प्रहरी ११ गणबाट इन्स्पेक्टर भुवन घिमिरेको कमाण्डमा १० जना बोडसहित, सुरक्षा बेस सन्तपुरबाट असई कृष्णनन्दन रायको कमाण्डमा ७ जना, सुरक्षा बेस दुधियाभारबाट २ जना र सुरक्षा बेस भलोहियाबाट ४ जना लगायत ३० जनाको टोली परिचालन गरेर बेपत्ता बालकको खोजी कार्य भई रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् । उद्धार भएका दुई जना बालकको अवस्था खतरामुक्त रहेको एसपी हुमागाईंले जानकारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया