समाज

विपद्जन्य घटनामा परी मृत्यु हुनेको संख्या एक सय १३ पुग्यो

इकागज |
असार ३१, २०८१ सोमबार २१:३ बजे

काठमाडौँ- देशका विभिन्न स्थानमा वर्षापछि आएको बाढी, पहिरोलगायतका विपदमा परी गत जेठ २८ यता एक सय १३ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायत विपदमा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २०, मधेश प्रदेशमा पाँच, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा आठ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार उपत्यकामा आठ, कोशी प्रदेशमा ३१, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २८, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा ११ गरी एक सय १९ जना घाइते भएका छन् ।


अहिलेसम्म सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका प्रहरीले जनाएको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार छ सय ३० घरपरिवार विस्थापित भएका प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x