समाज

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु

इकागज |
साउन १, २०८१ मंगलबार ७:२८ बजे

काठमाडौँ- रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ ।  आठबिसकोट नगरपालिका रुकुम (पश्चिम)-१२ को बगर नजिक रहेका तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले बगाउँदा तीन जना बालिकाको मृत्यु भएको हो । 

मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीय हितमाया पुन, ८ वर्षीय धनसा पुन र ४ वर्षीय मनिषा सार्की रहेका छन् ।


त्यस्तै डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन् भने १२ वर्षीय विनय सार्की, २२ वर्षीय मनीषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीय मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीय धनमाया पुन र ६५ वर्षीय कल्पना कामी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको सञ्चार शाखाले जनाएको छ ।


Author

थप समाचार
x