कालोसूचीमा परे चार निर्माण व्यवसायी र आपूर्तिकर्ता
काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले ४ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
कार्यालयले बुधबार एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा ती व्यवसायी तथा आपूर्तिकर्ताले भाग लिन नपाउने गरी कालोसूचीमा राखेको जानकारी दिएको हो ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजको मितिबाट लागू हुनेगरी ती व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया