समाज

विराटनगरमा प्रहरीको गाडी दुर्घटनाः घाइते प्रहरीलाई काठमाडौँ ल्याउने तयारी

इकागज |
साउन ३, २०८१ बिहीबार १२:३० बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- विराटनगरस्थित भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटनामा परेका एक जना जवानलाई काठमाडौँ ल्याउने तयारी भएको छ । बुधबार भएको उक्त दुर्घटनामा २४ जना प्रहरी घाइते भएका छन् । 

एक जना प्रहरीको स्पाइनल इन्जुरी भएकाले काठमाडौँ पठाउने तयारी भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भिम दाहालले जानकारी दिए ।


उनका अनुसार घाइते प्रहरीको नोबेल अस्पतालमा उपचार भइरहेको छ । धेरै जसो घाइते प्रहरीहरू डिस्चार्ज भइसकेका छन् । दुई-चार जना मात्र अहिले उपचाररत अवस्थामा छन् । टाउको फुटेर घाइते भएका केही प्रहरीहरू छन् ।

टर्निङमा स्लो मोसनमा ट्रक पल्टेको दाहालले बताए । गाडीमा इन्सपेक्टरसहितका प्रहरी थिए । उक्त गाडीमा ५४ जना प्रहरीहरू सवार थिए ।

कसरी दुर्घटना भएको छानबिन समिति बनाएर अनुसन्धान गरिने उनको भनाइ छ ।

 


Author

थप समाचार
x