Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

जलमग्न राष्ट्रियसभा गृह (भिडियो)

इकागज |
साउन ३, २०८१ बिहीबार १२:३४ बजे

काठमाडौँ- काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह परिसर जलमग्न बनेको छ । गएराति भएको भारी वर्षाका कारण जमेको पानीको उचित निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो ।

ठूलो पानी पर्नासाथ परिसर जलमग्न हुने गरेको छ । सभागृहमा भुइँतलामा रहेको मेट्रो एफएमको कार्यालयभित्रै पानी पसेको छ। काठमाडौँ महानगरको मातहतमा रहेको सभा गृहमा महानगरकै केही कार्यालय अझै छन् ।


महानगरको ती कार्यालय रहेको भवनमा पनि पानी छिरेको छ। यसअघि काठमाडौँ महानगरका मेयर बालेन साह र उपमेयर सुनिता डंगोलको कार्यालय पनि यही थियो । कमलादीमा कार्यालय तयार भएपछि मेयर उपमेयरको कार्यालय कमलादी सारिएको हो ।

जलमग्न भएको परिसरको पानी पम्प लगाएर तानेर बाहिर फालिएको छ ।


Author

थप समाचार
x