समाज

बानेश्वरमा गुडिरहेको बसबाट निस्कियो धुवाँको मुस्लो

इकागज |
साउन ३, २०८१ बिहीबार १२:५८ बजे

काठमाडौँ- नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट धुवाँको मुस्लो निस्केको छ ।

भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३०१-००५-ख ९५५४ नम्बरको सार्वजनिक यात्रु बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट धुवाँको मुस्लो निस्केको हो ।


धुवाँ निस्केको देखेपछि यात्रुहरू सबै झारेर आगो निभाइएको प्रहरीले जनाएको छ । समयमै इन्जनमा आगो निभाएपछि सम्भावित ठुलो दुर्घटनाबाट जोगिएको र बस आगलागी हुनबाट पनि जोगिएको प्रहरीले जनाएको छ ।  
 


Author

थप समाचार
x