समाज

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

इकागज |
साउन ४, २०८१ शुक्रबार ६:३२ बजे

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।

हाल देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 


आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।  सबै  प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती  र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।


Author

थप समाचार
x