समाज

सर्लाहीमा असारमा मात्रै डेढ करोड बढी मूल्यका सामान बरामद

इकागज |
साउन ४, २०८१ शुक्रबार १७:३२ बजे

फाइल तस्बिर

बरहथवा (सर्लाही)- सर्लाहीमा गत असार महिनामा मात्रै रु डेढ करोडभन्दा बढी मूल्यका भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले एक महिनामा रु डेढ करोडभन्दा बढि मूल्य पर्ने भन्सार छलीका गरेर ल्याइएका सामान बरामद गरेको जनाएको हो । सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले असार १ देखि ३१ गतेसम्म रु एक करोड ५७ लाख ७२ हजार चार सय ४१ रुपैयाँ बराबरका बिलविजक नभएका सामान बरामद गरेको जानकारी दिए ।


सामानहरू विभिन्न समयमा जिल्लाको नेपाल-भारत सीमा क्षेत्रबाट नेपालतर्फ ल्याउँदै गर्दा बरामद भएका थिए । बरामद सामाग्री चलन चल्तीअनुसार बजार मूल्य कायम गरी आवश्यक कारबाहीका लागि भन्सारमा बुझाउने गरिएको श्रेष्ठले बताए । 

यसरी बरामद गरिएकामा किराना सामान, कुखुराका चल्ला, मेसिनरी तथा सवारीका पार्टपुर्जा, इलोक्टिोनिक्स सामान र लत्ताकपडा रहेका छन् । सामाग्री ढुवानीमा प्रयोग भएका सवारी साधनसमेत नियन्त्रणमा लिएर भन्सारमा बुझाएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । 


Author

थप समाचार
x