समाज

रौतहटमा सालको गोलिया काठसहित सफारी गाडी बरामद

इकागज |
साउन ५, २०८१ शनिबार २०:२९ बजे

रौतहट- सशस्त्र प्रहरी र वन सुरक्षा टोलीले रौतहटको गुजारा नगरक्षेत्रमा अवैध सालको गोलिया काठसहित भारतीय नम्बरको सफारी गाडी बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको अस्थायी बेस हरिनगरका प्रमुख सई कृष्णनन्दन यादवको कमाण्डमा सव डिभिजन वन कार्यालय जंगलसहियाबाट गएको संयुक्त टोलीले आज बिहान गुजरा ४ लालबकैया नदी किनार बाट उक्त काठसहितको सफारी गाडी नियन्त्रणमा लिएको हो ।


नियन्त्रणमा लिएको एचपी ३१ सी ०७३३ नम्बरको सफारी गाडीमा जंगलबाट अवैध रूपमा लुकाइ छिपाइ ल्याइएको ५ थान सालको गोलिया २० क्युबिफिट काठ बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् । बरामद काठ र गाडीसहितको कुल १५ लाख ६० हजार मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि सव डिभिजन वन कार्यालय जंगलसहियामा बुझाइएको सशस्त्र प्रहरीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।


Author

थप समाचार
x