समाज

एकमहिने बोलबम मेलाको कलशयात्रा सम्पन्‍न

इकागज |
साउन ५, २०८१ शनिबार २१:४० बजे

महेन्द्रनगर (धनुषा)- जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरस्थित त्रेताकालीन देवाधिदेव महादेव राजर्षि जनकको आराध्यदेव बाबा कपिलेश्वरनाथ महादेव स्थानमा लाग्ने एकमहिने बोलबम मेलाका अवसरमा गरिने भव्य कलशयात्रा सम्पन्न भएको छ ।

कपिलेश्वरनाथ युवा कमिटीद्वारा आज आयोजित उक्त विशाल धार्मिक अनुष्ठानरूपी शान्ति कलशयात्रा बाबा कपिलेश्वरनाथ महादेव स्थानबाट झाँकी एवं बाजागाजासहित हजारौँको सहभागितामा शुभारम्भ भई देवभूमि कपिलेश्वरको विधिवत परिक्रमा गरी गङ्गासागरमा जल भरेर जनकपुरधामका सबै भागको शुभयात्रा गरी पुनः बाबा कपिलेश्वरनाथ स्थानमा पुगी धार्मिकसभामा परिणत भएको थियो ।


सभालाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सचिव एवं मन्त्री रघुवीर महासेठले सम्बोधन गर्दै धार्मिक धरोहर, पुरातात्विक महत्त्वको अलौकिक तथा कलात्मक मूर्ति विराजमान यस पर्यटकीय स्थलको संरक्षण र संवर्द्धन गर्न/गराउन सरोकारवाला निकायलाई विशेष आग्रह गरे । 


Author

थप समाचार
x