समाज

बेलायतले नेपाललाई उपहारस्वरुप दिएको १०६ वर्ष पुरानो दमकल पुनःसञ्चालनमा

इकागज |
साउन ६, २०८१ आइतबार १३:२३ बजे

काठमाडौँ - ललितपुर महानगरपालिकाले बेलायतले नेपाललाई उपहारस्वरुप दिएको १०६ वर्ष पुरानो दमकल पुनःसञ्चालनमा ल्याएको छ । 

आइतबार ललितपुरको पूल्चोकस्थीत दमकल कार्यालयमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले उक्त दमकल पुनःसञ्चालनमा ल्याएको जानकारी दिएका हुन् । 


२०४२ साल पछि बिग्रिएर थन्किएको उक्त दमकलको मर्मतपछि पुनःसञ्चालनमा ल्याइएको हो । करिव ८ बर्षअघि उक्त दमकल लिलामीका लागि राखिएको थियो । तर विभिन्न निकायको सुझाव पछि महानगरले उक्त दमकल लिलामीबाट रोकेको थियो ।

त्यसपछि मोहनप्रसाद नकर्मीले उक्त दमकम बनाउन सुरु गरेका थिए । नकर्मीले दमकललाई आवश्यक पर्ने सामानहरु विदेशबाट मगाएर मर्मत सम्पन्न भएको जानकारी दिए । उनले उक्त दमकलले नयाँ दमकलजस्तै काम गर्ने बताए । 

टाइमिङ गेयर र टाइमिङ चेन परिवर्तन गरेपछि उक्त दमकल सञ्चालनमा ल्याइएको ललितपुर महानगरले जानकारी दिएको छ । 


Author

थप समाचार
x