समाज

'सेफ नेपाल'को उपाधि अजुइहाङ राईले चुमे

इकागज |
साउन ७, २०८१ सोमबार १२:४० बजे

काठमाडौँ - नेपालको पहिलो फुड रियालिटी शो "सेफ नेपाल"को ग्रान्ड फिनालेमा अजुइहाङ राई विजेता बनेका छन्। शनिबार राति सम्पन्न कार्यक्रममा राईलाई पहिलो स्थानको उपाधि प्रदान गरिएको हो। अन्तिम तीनमा रहेका इङ्वा सुब्बा र विकेश श्रेष्ठलाई पछि पार्दै राईले यो उपाधि हात पारेका छन्।

"सेफ नेपाल"को निर्णायक मञ्चमा मास्टर सेफ सन्तोष शाह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारी उपस्थित थिए। दुई वर्षको मेहनतपछि सम्पन्न भएको यस रियालिटी शोमा एक सय प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए, जसबाट १६ उत्कृष्ट प्रतिस्पर्धी छानिएका थिए।


धर्मराज पाण्डे, सेफ नेपालका परिकल्पनाकार एवं क्रिएटिभ डाइरेक्टरका अनुसार, विजेतालाई पुरस्कार हस्तान्तरणको लागि छिट्टै विशेष कार्यक्रम आयोजना गरिनेछ। पहिलो सिजनमा सर्वसाधारणलाई सहभागी गराइएको छ, तर दोस्रो सिजनमा सेफ पेशेवरहरूलाई समेटेर पेशेवर सेफ सो आयोजना गरिने जानकारी पनि उनले दिए।


Author

थप समाचार
x