समाज

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी: चन्दन कुमार जैसवाल पक्राउ

इकागज |
साउन ७, २०८१ सोमबार १३:७ बजे

काठमाडौँ - २०७८ सालको शुक्रबार वैदेशिक रोजगारको अवसरमा क्रोएशिया पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२ सानेपाका २७ वर्षीय चन्दन कुमार जैसवाललाई प्रहरीले पक्राउ गरेको छ।

जैसवालले आकर्षक तलबको प्रलोभनमा पार्दै ४ जना पीडितहरूबाट कुल ५ लाख ८४ हजार रुपैयाँ ठगी गरेका थिए। उनले रकम लिएपछि सम्पर्कमा नआएकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका-१२ पचली भैरवबाट पक्राउ गरेको हो।


जैसवाललाई आवश्यक अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।


Author

थप समाचार
x