समाज

विपदमा परी हालसम्म १३१ को मृत्यु, १४४ जना घाइते

इकागज |
साउन ७, २०८१ सोमबार २०:२५ बजे

काठमाडौँ- बाढी, पहिरोलगायतका विपदमा परी आज दिउँसोसम्म मुलुकभर एक सय ३१ जनाको मृत्यु भएको छ । विपदमा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशीमा २२, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

विपदमा परी एक सय ४४ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । कोशीमा ४९, गण्डकीमा १२ र सुदूरपश्चिममा प्रदेशमा पाँच गरी जम्मा ६६ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशी र बागमतीमा दुई/दुई तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एक गरी नौ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।


बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् । दुई सय ३१ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । पाँच सय ९४ वटा पशुचौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार चार घर परिवार विस्थापित भएका छन् ।


Author

थप समाचार
x