समाज

फुङलिङ नगरपालिकाका इन्जिनियर हुसैनविरुद्ध मुद्दा दायर

इकागज |
साउन ८, २०८१ मंगलबार १४:३३ बजे

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको, फुङलिङ नगरपालिकाका इन्जिनियर मो.अख्तर हुसैनविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले हुसैनले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको हो ।


हुसैनले खेल मैदान निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग सो रकम घुस वापत लिएको पुष्टि भएको भन्दै सोही रकम बराबरको बिगो कायम गर्दै मंगलबार विशेष अदालत, काठमाडौँमा आरोप-पत्र दायर गरिएको जनाएको छ । 


Author

थप समाचार
x