Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

बुटवल-पाल्पा सडकखण्ड भासिएपछि बुधबार राति बन्द गरेर निर्माण गरिँदै

इकागज |
साउन ८, २०८१ मंगलबार २०:३४ बजे

फाइल तस्बिर

बुटवल- बुटवल-पाल्पा सडकखण्डको हिउँदे खोला नजिकै सडक भासिएपछि बुधबार राति बन्द गरेर मर्मत गरिने भएको छ । 

जिल्ला प्रशासन कार्यालय पाल्पाले तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएपछि बुधबार राति ९ बजेदेखि अर्कोदिन बिहान ६ बजेसम्म सडक बन्द गरेर मर्मत गरिने भएको छ ।


उक्त स्थानमा झन्डै ६० मिटर सडक भासिएको छ । यही खण्डमा दुई वर्ष अघि पनि सडक भासिँदा यात्रुले एक हप्ता बढी सास्ती भोग्नु परेको थियो । अहिले सडक एकतर्फी मात्र संचालनमा रहेकोले बुधबार राति पूर्णरूपमा सडक बन्द गरेर मर्मत गरिने जानकारी दिइएको छ । 


Author

थप समाचार
x