Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

लागूऔषध सेवन गरी दुर्घटना गराउने व्यक्ति प्रहरी नियन्त्रणमा

इकागज |
साउन ८, २०८१ मंगलबार २१:३८ बजे

काठमाडौँ- लागूऔषध सेवन गरी दुर्घटना गराएको भन्दै एक जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बेलुका काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरस्थित सार्वजनिक सडक खण्डमा कालीमाटीदेखि कुलेश्वरतर्फ जाँदै गरेको कारले दुर्घटना गराउँदा तीन जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । 

भूपेन्द्र श्रेष्ठले लागूऔषध प्रयोग गरी लापरबाहीपूर्ण चलाएको बा१९व ५११६ नम्बरको निजी कारले सोही सडकको दायाँ ‘साइड’को सडक पेटीको भागमा पैदल हिँड्दै गरेका तीन जना व्यक्तिलाई ठक्कर दिएको थियो । तीनै जना पैदल यात्रुलाई उद्धार गरी बल्खुस्थित बयोधा अस्पताल पठाइएको छ ।  


श्रेष्ठको साथबाट लागूऔषधजन्य पदार्थ र कारसमेत नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार कारको ठक्करबाट घाइते हुनेमा भारत घर भई काठमाडौँ बस्ने वर्ष १८ को प्रियन्सु कुमार, भारत घर भएका अर्का वर्ष २५ को भोलाकुमार र  काठमाडौँ बस्ने वर्ष १९ को श्यामबाबु ठाकुर रहेका छन् । 


Author

थप समाचार
x