समाज

दुर्घटनाग्रस्त विमानमा काठमाडौँबाट पोखरा जाँदै थिए १९ यात्रु

इकागज |
साउन ९, २०८१ बुधबार १२:२ बजे

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा १९ यात्रु रहेको पाइएको छ । बुधबार बिहान काठमाडौँबाट पोखरा जाने क्रममा १९ जना यात्रु बोकेको विमान दुर्घटना भएको हो ।

९ एन एमई सिआरजे २०० कलसाइनको विमान दुर्घटना भएको हो । विमान रनवे ०२ बाट उड्ने क्रममा रनवे २० को पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो ।


क्याप्टेन मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पताल लगिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले इकागजलाई बताए । उनका अनुसार हालसम्म १९ यात्रुको उद्धार भएको छ ।

र, यो पनि


Author

थप समाचार
x