समाज

विमान दुर्घटना : १८ जनाको मृत्यु, मृत्यु हुने सबै सौर्य एयरलाइन्सका कर्मचारी

इकागज |
साउन ९, २०८१ बुधबार १२:२४ बजे

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा जना १८ जनाको मृत्यु भएको छ । बुधबार बिहान काठमाडौँबाट पोखरा जाने क्रममा विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरण प्रवक्ता हंशराज पाण्डेले इकागजलाई जानकारी दिए ।

पाण्डेका अनुसार मृत्यु हुने सबै सौर्य एयरलाइन्सका कर्मचारी हुन् ।


९ एन एमई सिआरजे २०० कलसाइनको विमान दुर्घटना भएको थियो । विमान रनवे ०२ बाट उड्ने क्रममा रनवे २० को पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो ।

क्याप्टेन मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पताल लगिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले इकागजलाई जानकारी दिए । 

र, यो पनि


Author

थप समाचार
x