समाज

विमान दुर्घटना : १८ जनाको मृत्यु, एकको उद्धार

इकागज |
साउन ९, २०८१ बुधबार १३:११ बजे

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा जना १८ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान काठमाडौँबाट पोखराको उडानमा विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरण प्रवक्ता हंशराज पाण्डेले इकागजलाई जानकारी दिए ।


पाण्डेका अनुसार मृत्यु हुने सबै सौर्य एयरलाइन्सका कर्मचारी हुन् । एक जना घाइतेलाई उद्धार गरिएको उनले जानकारी दिए ।

सौर्य एयरलाइन्सको ( CRJ7 Reg-9NAME) विमान दुर्घटना भएको हो ।

यसअघि इकागजसँग कुराकानी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले २२ जनाको मृत्यु भएको जानकारी दिएका थिए ।

र, यो पनि


Author

थप समाचार
x