Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा दुर्घटना भएको थियो सौर्य एयरलाइन्सको विमान

इकागज |
साउन ९, २०८१ बुधबार १४:२८ बजे

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको पुष्टि गरेको छ ।

बु्धबार बिहान जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना घाइते भएको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।


प्राधिकरणका अनुसार अनुसार बिहान ११:११ बजे पोखरा उडानको क्रममा उड्ने बितिकै दाहिनेतिर मोडिने क्रममा रनवेको पूर्वतिर दुर्घटनाग्रस्त भएको उल्लेख गरेको छ ।

विमानमा पाइलट मनिष रत्न शाक्य र को-पाइलट एस कटवाल रहेका थिए । पाइलट मनिषको हाल केएमसी अस्पतालमा उपचार भइरहेको छ । 

मृत्यु हुने सबै जना एयरलाइन्सका प्राविधिक कर्मचारी भएको बुझिएको छ ।

र, यो पनि


Author

थप समाचार
x