Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

मनुराज र प्रिजासँगै अस्ताए अधिराज

इकागज |
साउन ९, २०८१ बुधबार १६:४० बजे

काठमाडौँ - पोखरा उड्ने क्रममा त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा मनुराज शर्मा, उनकी पत्नी प्रिजा खतिवडा र उनीहरूको छोरा अधिराजको निधन भएको हो।

प्रिजा राजविराजका पत्रकार एवं समाजवादी प्रेस संगठनका संस्थापक केन्द्रीय उपाध्यक्ष प्रकाश खतिवडाकी छोरी थिइन्। उनी ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् ।  पति मनुराज सौर्य एयरलाइन्सका प्राविधिक थिए। 


यो विमान परीक्षण उडानका लागि पोखरा जान लागेको थियो। मनुराजले प्रिजा र छोरालाई पनि सँगै लैजाने योजना बनाएका थिए। अधिराज उनीहरूको एक मात्र छोरा थिए।

यो भयानक दुर्घटनामा प्रिजा एक मात्र महिला यात्री थिइन्। विमानस्थलको रनवे २ बाट उडेको विमान रनवे २० को पूर्वतिर दुर्घटनाग्रस्त भएको थियो। विमानमा १९ जना सवार थिए । जसमध्ये १८ जनाको मृत्यु भएको पुष्टि भएको छ।

क्याप्टेन मनिष शाक्यलाई उपचारका लागि अस्पताल लगिएको छ भने जहाज पूर्ण रूपमा जलेर नष्ट भएको छ।

 


Author

थप समाचार
x