समाज

भीरबाट लडेर महिलाको मृत्यु

इकागज |
साउन ९, २०८१ बुधबार १९:१ बजे

फाइल फाेटाे

बैतडी - घाँस काट्ने क्रममा भीरबाट लडेर बैतडीमा आज एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–६ खरेलीगाउँकी २२ वर्षीया अनिता नाथ रहेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 


आज घर नजिकै रहेको डोब्रा भीरमा घाँस काटिरहेका बेला दुई सय मिटर तल खस्न गई उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 


Author

थप समाचार
x