समाज

त्रिवि शिक्षण अस्पतालले शुक्रबारसम्म पोष्टमार्टम गरि परिवारजनलाई शव बुझाउने

इकागज |
साउन ९, २०८१ बुधबार १९:१७ बजे

काठमाडौँ - सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ । 

बुधबार बिहान त्रिभुवन विमानस्थलमा नै सो बिमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । मृतकको शवलाई पहिचानका लागि शिक्षण अस्पतालमा राखिएको छ । शुक्रबारसम्म पोस्टमार्टम गरि परिवारजनलाई शव बुझाउने तयारी गरिएको छ । 


मृतकको शवहरू पहिचान हुन नसक्ने अवस्थामा रहेको र एउटा शव पहिचान गर्न चार घण्टा लाग्ने शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा गोपाल कुमार चौधरीले जानकारी दिए । उनले अन्य अस्पतालबाट पनि चिकित्सक मगाएर पोस्टमार्टमलाई समयमा नै सम्पन्न गर्ने बताए । 

शिक्षण अस्पतालमा मृतकका परिवारहरू पुगेका छन् । उनीहरू अस्पताल परिसरमा भावविह्वल अवस्थामा रहेका छन् । 


Author

थप समाचार
x