समाज

सी-चेक प्रकरणमा कारबाही भोगिसकेका दिपु  विमान दुर्घटनाको छानबिन समितिमा

इकागज |
साउन १०, २०८१ बिहीबार ८:२९ बजे

 काठमाडौँ - सी-चेक प्रकरणमा कारबाही भोगिसकेका दिपु ज्वारचनलाई सरकारले सौर्य एयरलाइन्स दुर्घटनाको छानबिन गर्ने समितिमा राखेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌ बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा गठन गरेको छानबिन समितिमा उनलाई पनि राखेको हो । 

गत असार ११ गते वाइडबडी जहाज सी–चेक (विस्तृत मर्मत सम्भार)मा भएको लापरबाही तथा कम्पनी छनोटमा भएको लापरबाहीका कारण नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित ५ जना निलम्बनमा परेका थिए । 


सी–चेकका लागि बिना अनुमति वाइडबडी जहाज दुबई हुँदै इटाली पुर्‍याएको भन्दै नागरिक उड्डयन प्राधिकरणले निगमका अध्यक्ष  अधिकारी, अपरेसन म्यानेजर तथा क्याप्टेन दिपु ज्वारचन, क्याप्टेन महेशमान डंगोल र रमन घिमिरेलाई समेत प्राधिकरणले ग्राउन्डेड गरेको थियो ।

यद्यपि ग्राउन्ड क्लास लिने सर्तमा ज्वाचनमाथिको कारबाही फुकुवा भइसकेको छ । 


Author

थप समाचार
x