Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला २६ को निवेदन

इकागज |
साउन ११, २०८१ शुक्रबार १५:११ बजे

फाइल तस्बिर

काठमाडौँ- गौशाला २६ ले सन्दीप लामिछानेविरुद्ध मुद्दा अगाडि बढाउन निवेदन दिएकी छन् ।

गौशाला २६ ले सरकारी वकिलको कार्यालयमा आफैँले निवेदन लेखेर सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन निवेदन दिएकी हुन् ।


गौशाला २६ ले आफूलाई मानसिक रूपमा अप्ठ्यारो परेको भन्दै अब यस मुद्दामा लागिरहन नसक्ने निष्कर्षमा पुगेको निवेदनमा उल्लेख गरेकी छन् ।

उनले आफूलाई अहिले पनि धम्की आइरहेको र सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी भइरहेकोले त्यसले आफूलाई मानसिक रूपमा असर गरिरहेको निवेदनमा उल्लेख गरेको सरकारी वकिलको कार्यालय स्रोतले बताएको छ ।

सन्दीपविरुद्धको मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौँको आदेशलाई उल्टाउँदै निर्दोष रहेको फैसला दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले सन्दीपलाई सफाइ दिएको थियो ।

यसअघि जिल्ला अदालत काठमाडौँले सन्दीपलाई गत पुस २५ मा जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद र ५ लाख जरिवाना सुनाएको थियो ।


Author

थप समाचार
x