Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

सौर्य एयरलाइन्स विमान दुर्घटना : परिवारले बुझे पाँच शव

इकागज |
साउन ११, २०८१ शुक्रबार १८:४ बजे

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म पाँच शव परिवारले बुझेका छन् ।

शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट पाँच शव परिवारले बुझेका हुन् । उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकार, राजाराम आचार्य र को-पाइलट सुशान्त कटवालका परिवारले शव बुझेका छन् ।


केही मृतकका आफन्तहरूले भने बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने अडान राखेका छन् ।

बुधबार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभागले मृतकहरूको शव पहिचान गरेर पोष्टमार्टम गरिसकेको छ । प्रत्येक परिवारको ३/३ जनालाई बोलाएर शव हेर्न दिएर पठाउने गरेको अस्पतालले जनाएको छ ।


Author

थप समाचार
x