समाज

सबैको आफ्नै हवाईजहाज भएको गाउँ

भरतराज कँडेल |
साउन १४, २०८१ सोमबार १८:१७ बजे

काठमाडौँ- संयुक्त राज्य अमेरिकामा अवस्थित क्यामरून एयरपार्क, यो एयरपोर्टलाई शब्दले दुर्गम र पृथक समुदायलाई पनि जनाउँछ । यो एक आवासीय एयरपार्क फ्लाई–इन कम्युनिटी बस्ने आवासीय क्षेत्र हो । जुन आवासीय क्षेत्र विशेष गरी एयरपोर्टको वरिपरि डिजाइन गरिएको छ । जहाँ बासिन्दाहरूले आफ्नो निजी स्वामित्वमा रहेको ह्याङ्गर (हवाईजहाजको लागि राख्न बनाइएको घर) मा हवाईजहाज पार्कमा राख्छन् । धेरै फ्लाई–इन समुदायहरूले विभिन्न प्रकारका सुविधाहरू, जस्तै गल्फ कोर्स, इक्वेस्ट्रियन सुविधाहरू र थप सुविधाहरू प्रयोग गर्दछन् । आवासीय एयरपार्कहरू सामान्यतया निजी स्वामित्वमा छन् ।


धावनमार्गको पश्चिम क्षेत्रमा रहेको एक आवासीय एयरपार्क छ र त्यहाँका बासिन्दाहरूले दुईवटा विद्युतीय रूपमा संचालित गेटहरूबाट एयरपार्कमा हवाईजहाज पार्किङ गर्न सक्छन् । यस क्षेत्रमा भाडामा लिइएको टाई–डाउन स्पेसहरू, ह्याङ्गर स्पेसहरू, र सीमित संख्यामा अस्थायी संरचनाहरू समावेश छन् । अहिलेसम्म यस एयरपार्कले केन्द्रीय दायित्वको अनुदान कोष प्राप्त गरेको छैन । त्यसैले यो एयरपार्क आर्थिक रूपमा अलग छ ।

क्यामरून पार्क एयरपोर्टले ६१ एकर (२५ हेक्टर) को क्षेत्रफल १,२८६ फिट (३९२ मिटर) औसत समुद्र सतह माथि कभर गर्दछ ।

जुन ३०, २०११ मा समाप्त भएको १२–महिनाको अवधिमा, एयरपार्कमा ३६,०३६ विमान सञ्चालनमा थिए । त्यतिबेला यस एयरपार्कमा १०० वटा हवाईजहाज थिए । ८८ प्रतिशत एकल इन्जिनका र १२% बहु–इन्जिन भएका हवाईजहाज रहेका थिए । एयरपार्कहरूको लागि योजना सन १९४४ को प्रारम्भिक रूपमा अस्तित्वमा आएको थियो ।

सन् २०११ देखि २०१५ सम्मको लागि एकीकृत एयरपोर्ट सिस्टमको राष्ट्रिय योजनामा समावेश गरिएको छ, जसले यसलाई सामान्य उड्डयन सुविधाको रूपमा वर्गीकृत पनि गरेको छ ।

यस क्षेत्रका बासिन्दाहरू बिहान उठेर आफ्नो दैनिक नित्यकर्म सकेर खाना खाएर घर अघि रहेको जहाज चढेर आफ्नो दैनिकी कामकाजका लागि जहाज लिएर आफ्नो काम गर्ने गर्दछन् । दिउँसो कतै जानुपरे पनि हवाईजहाज लिएर नै निस्किन्छन् । बेलुका पुनः जहाज लिएर घर फर्कन्छन् । यसरी क्यामरून क्षेत्रका बासिन्दाहरू हामीले सामान्य गाडीमा चढे जस्तै उनीहरूको जहाजबाट यात्रा हुन्छ । यो संयुक्त राज्य अमेरिकाको क्यामरून भन्ने स्थानको वास्तविकता हो सबैको घरमा हवाईजहाज । 

नेपाल, भारतलगायतका मुलुकहरूमा घर अगाडि कार र बाइक राखेको देखेकै थियौँ । तर, अमेरिकाको क्यामरूनमा सबैको घर अगाडि हवाई जहाज पार्किङ गरेर राखिएको हुन्छ । मिडिया रिपोर्टका अनुसार अमेरिकाको क्यामरून सहरमा सडक हवाईजहाज पार्किङका लागि ह्याङ्गरले भरिएको छ ।

यो ठाउँलाई एयरपार्क वा फ्लाई–इन समुदाय पनि भनिन्छ । विश्वमा ६३० भन्दा बढी आवासीय एयरपार्क रहेको अनुमान गरिएको छ । जसमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा रहेको छन् । फ्लाइ–इन समुदायमा हवाई जहाज राख्ने ह्याङ्गर मात्रै होइन गल्फ खेल्ने ठाउँ, हर्स राइडिङ, ताल तलैया लगायतका खेल खेल्न मिल्ने स्थान समेत रहेको छन् । यहाँको यस्तै खालका मनोरम दृश्यले क्यामरून सहरमा हवाईजहाजको लागि राख्न बनाइएको घर अनि हवाईजहाज पार्किङमा देखिएको सफा चिटिक्कको सुन्दर दृश्यले जो कोहीलाई लोभ्यउँदछ । 

यो ठाउँ दोस्रो विश्व युद्धताका बेला युद्धका लागि आवश्यक पर्ने भएकाले सैनिक पाइलटहरूलाई बस्नको लागि तयार पारिएको सुविधाजनक आवासीय क्षेत्र हो । जहाजको सहजताका लागि यहाँका सडकहरू निकै फराकिला छन् जसले गर्दा जहाजलाई सजिलैसँग धावन मार्गसम्म लग्न मिल्ने गरि चौडा पारिएका छन् । समयसंगै आन्तरिक र बाह्य पर्यटन र यस सहरको थप सौन्दर्यकरण, पहिचान र सुन्दरताका लागि अहिले यस क्षेत्रलाई एयरपार्कको रूपमा प्रयोग गरिएको छ । 

यस क्षेत्रमा बसोबास गर्ने सबै मानिसहरू सेनाबाट अवकाश भएका पाइलटहरू मात्रै रहेका छन् । लगभग ५,००० मानिसहरू रहेको यस क्षेत्रमा हाल एक हजार तीन सय घरहरू र सात सय ह्याङ्गर छन् । जसका कारण यो सहरका मानिसहरू विश्वकै आश्चर्यजनकका रूपमा असाधारण जीवनको आनन्द लिएर बसेका छन् । क्यामरून एयरपार्क जस्ता आवासीय एयरपार्कहरू संयुक्त राज्यमा मात्रै ४२६ एयरपार्कहरू छन् । फ्लोरिडामा ५२, वाशिंगटनम ५०, क्यालिफोर्नियामा २८ र ओरेगनमा २३ एयरपार्क रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सन् १९३९ मा यस ठाउँमा बस्ने पाइलटको संख्या ३४ सय मात्रै थिए । सन् १९४६ सम्ममा यो संख्या बढेर ४ हजार पुग्यो जसमा १२४ घरहरू छन् । यस क्षेत्रका सडकहरू निकै फराकिला १०० फिट चौडा रहेका छन्, जसको डिजाइन पाइलटहरूले हवाई अड्डादेखि तिनीहरूको ढोकासम्म आफ्नो विमानहरू लैजान मिल्ने गरी डिजाइन गरिएको छ् । सडकहरू एयरपोर्टको रनवे भन्दा फराकिलो छन् किनभने तिनीहरू विमान र कारहरू एकअर्कालाई सुरक्षित रूपमा सजिलै आवत जावत गर्नका लागि डिजाइन गरिएको छ् । जबकि रनवेमा विमान एक तर्फ मात्र जान् मिल्छ । एयरपार्कमा हवाईजहाज धावनमार्गसम्म पुग्नको लागि सहज होस भनेर सडकहरू एयरपोर्टको रनवे भन्दा फराकिला पारिएको हो । यस सडकमा बनाइएका संकेतहरूले सवारी साधनको प्रयोग लागि सडक चिन्हहरू, मेलबक्सहरू (थप होचो) तीन फिटभन्दा कममा बनाइएका छन्, यस ठाउँमा विमानको पखेटालाई नछोओस् भनेर संकेतलाई सानो उचाइमा राखिएको छ । यहाँका सडकहरूका नाम पनि सबै हवाई जहाज कम्पनीहरूकै नाममा राखिएको छ । जस्तै बोइङ रोड, सेस्स्रा ड्राइभ रोड लगायत अन्य नामहरूका नामाकरण गरिएको छ ।

अन्य देशमा कार बाइक प्रयोग गरेजस्तै यस ठाउँमा भने हवाईजहाज अति सामान्य रहेको छ । कामबटा फर्केपछि रिमोट सिस्टमको प्रयोग गरेर ह्याङ्गरमा विमान पार्क गरिन्छ । बाहिरका मानिस यस क्षेत्रमा जानको लागि सो समुदायबाट विशेष अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । 


Author

थप समाचार
x