समाज

२४ जना सवार स्कुल बस दुर्घटना

इकागज |
साउन १४, २०८१ सोमबार १०:२२ बजे

काठमाडौँ- पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ । सोमबार बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटना भएको हो । मट्टिखानबाट विद्यार्थी लिएर स्कुलतर्फ फर्कंदै गरेको ग१क ६२१९ नम्बरको बस दुर्घटना भएको हो ।

उक्त बसमा २२ जना विद्यार्थी र २ स्कुलका स्टाफ थिए । बस दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको छ भने बाँकीको सामान्य रहेको छ ।


उनीहरूको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।


Author

थप समाचार
x