समाज

लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सामाजिक कार्यमा सक्रिय हुँदै

इकागज |
साउन १६, २०८१ बुधबार १६:३३ बजे

काठमाडौँ- लायन्स क्लब अफ नेपाल हिमालयले साउन १५ अर्थात खिर खाने दिनको अवसर पारेर विभिन्न कार्यक्रम गरेर मनाएको छ । मंगलबार तारकेश्वर ७ फुटुङको नवजीवन परोपकार समाजमा क्लबले ३० जना अशक्त तथा ज्येष्ठ नागरिकलाई खीर खुवाएको थियो ।

क्लबले विभिन्न समयमासामाजिक र मानविय उत्थानको काम गरिरहेको छ । भूकम्प तथा बाढीपहिरो जस्तो प्राकृतिक दैवीप्रकोप जस्ता घट्नामा समेत क्लबले सहयोग गर्दै आइरहेको छ । क्लबले एक दशकभन्दा अघिदेखि स्वास्थ्य, शिक्षा तथा अन्य विविध क्षेत्रमा काम गर्दै आइरहेको छ ।


मानवीय स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आइरहेको क्लबका अध्यक्ष मुनु भण्डारीले बताइन् । समाजका लागि स्थापित क्लबले सामाजिक कार्य गर्दै अगाडि बढिरहेको उनले बताइन् ।

क्लबले मन, बचन र कर्मले मनन गरी समाजमा विभिन्न रचनात्मक मानवीय हितका लागि सेवामूलक कार्यहरू सञ्चालन गर्दै आइरहेको उनले बताइन् ।  समाजमा शिक्षाको ज्योति फैलाउने कार्यमा लायन्स क्लब अफ हिमालय उत्तिकै सक्रिय रहेको उनको भनाइ छ । ‘क्लब सदैव अग्रसर हुँदै विभिन्न स्थानको विद्यालयहरूको शैक्षिक र भौतिक विकासमा सहयोग गर्दै आइरहेको छ,’ उनले भनिन् ।

स्वास्थ्य क्षेत्रको महत्त्वलाई आत्मसाथ निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना कार्यक्रम, रक्तदान, निःशुल्क औषधि तथा उपकरण वितरण आदि स्वास्थ्यसम्बन्धी कार्यक्रम नियमितरूपमा सञ्चालन गर्दै आएको उनले बताइन् ।

क्लबले विभिन्न सामाजिक सङ्घ संस्था र असहायलाई सहयोग र राहत प्रदान गर्दै आएको छ । दृष्टिविहीन, अपाङ्ग र जेष्ठ नागरिक वृद्धवृद्धालाई समयअनुकूल आर्थिक र भौतिक सहयोग समेत गर्दै आएको छ ।

मानवीय र सामुदायिक सेवामा क्रियाशील सहयोग हातहरू अगाडि बढाउन क्लब सधैँ तयार रहेको उनले सुनाइन् ।  यसरी मानवीय र सामाजिक सेवा क्षेत्रमा क्लब सधैँ अग्रणी स्थानमा रहेको उनले दाबी गरिन् ।


Author

थप समाचार
x