समाज

सहकारी पीडितले गरे रत्नपार्क क्षेत्रमा प्रदर्शन

इकागज |
साउन १७, २०८१ बिहीबार १७:१९ बजे

काठमाडौँ- आफूहरूको मागप्रति सरकार गम्भीर नभएको भन्दै सहकारी पीडितहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

सरकारले यसअघि गरेको सहमति कार्यान्वयन नगरेको र आफ्ना मागहरूप्रति गम्भीर नभएको भन्दै सहकारी पीडित बचतकर्ता महासंघले काठमाडौँको रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेको हो । सहकारीमा आफूहरूले जम्मा गरेको निक्षेप फिर्ताको वातावरण बनाउनुपर्ने उनीहरूको माग छ ।


उनीहरूले सहकारी बचत अपचलनकर्तालाई कारबाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरे पनि कार्यान्वयन नभएको गुनासो गरेका छन् ।


Author

थप समाचार
x