विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई सदस्य हटाइयो
काठमाडौँ- ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई हटाएको छ । मन्त्री स्तरीय निर्णयबाट सञ्चालक समिति सदस्य भक्तबहादुर पुन र कपिल आचार्यलाई पदबाट हटाइएको हो ।
दुवैलाई यसअघि साउन १५ गते स्पष्टीकरण सोधिएको र सो स्पष्टीकरणको जवाफ साउन १८ गते दुवैले बुझाएकोमा ऊर्जा मन्त्रालयले सोही दिन नै दुवैलाई हटाएको थियो ।
पुन र आचार्य डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल बक्यौताको विवादमा प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उभिएको बताइएको छ ।
विद्युतको बक्यौता उठाउने विषयमा सरकार र प्राधिकरणबीच विवाद चर्किएपछि अहिले यो विषय संसद्को सार्वजनिक लेखा समितिमा समेत पुगेको छ । लेखा समितिमा पुगेर समेत कुलमानले बक्यौता नतिरे उद्योगको लाइन काटिदिने आफ्नो अडान दोहोर्याएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया