समाज

मनसुनजन्य विपदबाट एक सय ५४ को मृत्यु

इकागज |
साउन २१, २०८१ सोमबार २०:१० बजे

काठमाडौँ- यस वर्षको मनसुनजन्य विपदबाट हालसम्म एक सय ५४ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायत विपदबाट काठमाडौँ उपत्यकामा तीन, कोशीमा २५, मधेशमा छ, बागमतीमा ३०, गण्डकीमा ४३, लुम्बिनीमा २९, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

विपदमा परी ४७ जना बेपत्ता तथा एक सय ८६ जना घाइते भएका छन् । बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन् । दुई सय ६१ घर, ९५ गोठ, ४३ पुल, दुई/दुई वटा विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । गत जेठ २८ यता विपद्का घटनाबाट चार हजार दुई सय ३८ घर परिवार विस्थापित भएका छन् ।



Author

थप समाचार
x