समाज

यी प्रदेशमा भारी वर्षा हुने

इकागज |
साउन २२, २०८१ मंगलबार ६:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशको केही स्थानहरूमा, गण्डकी प्रदेशको थोरै स्थानहरूमा, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा गर्जन/चट्याङ्ग हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।


आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानहरूमा  मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश,  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राती देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।


Author

थप समाचार
x