समाज

फेरि आन्दोलन गर्दै दुर्गा प्रसाईं : भन्छन्- बिजुलीको बिल नतिर्नेहरू देश छाड्न तयार हुनु नत्र भाग्ने अवसर पनि नपाउनुहोला

इकागज |
साउन २२, २०८१ मंगलबार ७:५७ बजे

फाइल तस्बिर

काठमाडौँ- व्यवसायी दुर्गा प्रसाईंले बिजुलीको बिल नतिर्नेलगायत विचौलियाहरूविरूद्ध आन्दोलन गर्ने बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालबाट प्रसाईंले जानकारी दिएका हुन् ।

ललिता निवास खाने, बालमन्दिर निल्ने, बिजुलीको बिल नर्तिने १६ जना तस्कर मारवाडीलाई देश छाड्‌न बाध्य बनाउने चेतावनी पनि दिएका छन् ।


'केपी ओली कम्पनीका मुख्य पार्टनरलगायत १० जना विचौलिया तस्कर नेपाली ३० जना तस्कर नेताहरूलाई घर-घरबाट खेद्न नागरिक बचाउ महाअभियानले तुरुन्तै आन्दोलन गर्दै छ' प्रसाईंले लेखेका छन् 'देश छाड्न तयार हुनुहोस् नत्र भाग्ने अवसर पनि नपाउनुहोला ।'


Author

थप समाचार
x