समाज

'दलितलाई मन्त्री खै ?'

इकागज |
साउन २६, २०८१ शनिबार १५:३६ बजे

काठमाडौँ- राज्य सञ्चालनका विभिन्न निकायमा दलित समुदायको प्रतिनिधित्व हुनुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।

दलितका लागि दलित अभियान, नेपालले सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलितलाई पनि सहभागिता गराउनुपर्ने भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् ।


उनीहरूले राज्य सञ्चालनका विभिन्न निकायमा दलित समुदायलाई घृणा गरिएको बताएका छन् । प्रदर्शनमा सहभागीहरूले राज्यका महत्वपूर्ण निकायमा दलित समुदायको प्रतिनिधित्व गर्नका लागि निरन्तर दबाब दिने जनाएका छन् । दलित समुदाय हक अधिकार स्थापित गर्नका लागि पनि राज्यका निकायहरूमा आफूहरूको उपस्थिति हुनै पर्ने उनीहरूको भनाइ छ ।

प्रदर्शनका सहभागीहरूले 'दलितलाई मन्त्री खै ?' 'दलितलाई बजेट खै ?' ‘दलितलाई राजदूत खै ? लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 


Author

थप समाचार
x