समाज

सडक छेउछाउ र सम्पदा क्षेत्र वरपर झिलिमिली बत्ती राख्‍न नपाइने

इकागज |
साउन २७, २०८१ आइतबार १६:५२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- सम्पदा तथा सडक छेउछाउमा काठमाडौँ महानगरपालिकाले झिलिमिली बत्ती जडान नगर्न निर्देशन दिएको छ ।

महानगरमा अनुगमन तथा मूल्यांकन समितिको सोमबार बसेको बैठकले सडक छेउ, सम्पदा स्थल र सहरी वन आदिमा राखिएको बत्ती व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।


बैठकले अर्को व्यवस्था नभएसम्म नयाँ झिलिमिली बत्ती खरिद र जडान कार्य बन्द गरेर अगाडि बढाउन निर्देशन दिएको थियो । सोही निर्णय कार्यान्वयन गर्न योजना, अनुगमन तथा मूल्यांकन एकाईकी प्रमुख सुमित्रा लामिछाने सुवेदीले बताएकी छन् ।

 


Author

थप समाचार
x