समाज

सरकारले तीन महिनापछि महानगर अगाडि भत्केको सडकमा पुल हाल्‍ने

इकागज |
साउन २७, २०८१ आइतबार १८:१ बजे

काठमाडौँ- सरकारले काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि भासिएको सडकमा तीन महिनापछि मात्र कल्भर्ट पुल बनाउने भएको छ । सडक डिभिजन काठमाडौँले टुकुचा खोलामाथि बनेको सडकमा भ्वाङ परेपछि त्यहाँ पुल बनाउन लागेको हो ।

महानगर अगाडिको सडक भासिएपछि कल्भर्ट पुल बनाउने योजना बनिसकेको सडक डिभिजन काठमाडौँका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । उनले भने, ‘त्यहाँ पुल नै बनाउनुपर्ने देखिएको छ । डिभिजनले निरीक्षण गरिसकेकाले त्यहीअनुसार हामी अघि बढेका छौँ, दुई-तीन दिनमा टेन्डर आह्वान हुन्छ ।' 


उनका अनुसार त्यहाँ पुल बनाउन करिब ५० देखि ५५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । टेण्डर आव्हान गर्दाको समय डेढ महिना लाग्छ । निर्माण प्रक्रियामा डेढ महिना लाग्छ । अबको तीन महिनामा उक्त सडकमा पुल निर्माण हुने उनको भनाइ  छ ।

गत बिहीबार राति दरबारमार्गमा रहेको महेन्द्र शालिक-काठमाडौँ प्लाजा जोड्ने सडक भासिएको थियो । 


Author

थप समाचार
x