कुलमान समर्थकको सोमबार पनि प्रदर्शन [भिडियो]
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङको समर्थनमा सोमबार पनि युवाहरूले प्रदर्शन गरेका छन् ।
कुलमानका कारण मुलुकको विद्युत् क्षेत्र बलियो भएको भन्दै उनको समर्थनमा युवाहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले ठूला उद्योगीहरूलाई विद्युतको बक्यौता छुट दिन नहुने भन्दै नाराबाजी गरेका थिए । बक्यौता रकम असुल गर्ने कामबाट फिर्ता नहुने भन्दै उनीहरूले आफूहरू कुलमानको साथमा रहेको जनाएका छन् ।
प्रदर्शनमा सहभागीहरूले २२ अर्ब विद्युत् बक्यौता रकम असुल गर, विद्युत् प्राधिकरणभित्रको चलखेल बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
यसअघि शनिबार कुलमानको समर्थनमा निस्किएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।
भिडियो:
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया