तस्बिरमा जनैपूर्णिमा
फोटो : अनुज बज्राचार्य
काठमाडौँ - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।
आज काठमाडौँ उपत्यका लगायत देशभरका तलाउ पोखरी मन्दिरमा भिड लागेको छ । काठमाडौंका विभिन्न मठ मन्दिर र ललितपुरको पाटनका विभिन्न मन्दिरमा दर्शनार्थीको भिड लागेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया