सिंहदरबार घेराउ गर्न आएका इन्जिनियरहरू पक्राउ
काठमाडौँ : सिंहदरबार घेराउ गर्न आएका राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षणमा रहेका इन्जिनियरहरू सिंहदरबार घेराउ गर्न हनुमानस्थान र माइतीघरबाट अगाडि शहरी विकाश तथा भवन निर्माण विभाग अगाडिबाट पक्राउ गरिएको हो ।
सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुबिधाहरुबाट पूर्ण बञ्चित गराइएको भन्दै इन्जिनियरहरू आन्दोलित हुदै आएका छन् । २०७२ साल बैशाख १२ गतेको महाविनाशकारी भूकम्प र त्यसपश्चातको पराकम्पनले देश र देशवासी संकट परेको बेला सरकारको आह्वानमा राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत रही नेपालको पुननिर्माणलाई अगाडी बढाएको इन्जिनियरहरुको दाबी छ ।
देश र जनताका हितका लागि इन्जिनियरिङ जनशक्तिको सीप र दक्षता खेर जान नदिन र विदेश जान वाध्य नपार्न उचित व्यवस्थापन गर्न सरकारलाई दबाब दिन आन्दोलनमा उत्रनु परेको बताएका छन् । भूकम्प पछिको पुनर्निमाणको काम बाँकि रहेको बेला हटाएर बेरोजगार बनाउन खोजेको भन्दै बाध्य भएर आन्दोलन गर्नुपरेको इन्जिनियरहरुले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया