समाज

नागढुङ्गा नजिकै पहिरो, मुग्लिङ-काठमाडौँ सडक अवरुद्ध

इकागज |
भदौ ५, २०८१ बुधबार १२:३६ बजे

काठमाडौँ- नागढुङ्गा नजिकै पहिरो खसेपछि अहिले मुग्लिङ-काठमाडौँ सडक अवरुद्ध भएको छ । झ्याप्ले खोलमा खसेको पहिरो अहिले पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि दुई पाङ्ग्रे सवारी साधन खानीखोलाबाट नागढुङ्गा निस्कन सक्ने र चार पाङ्ग्रे सवारी साधन धार्केबाट सितापाइला निस्कन सकिने हुनाले धेरै सवारी साधनले वैकल्पिक मार्ग गरिरहेको प्रहरीले जनाएको छ ।


ठूलो पहिरो खसेकोले पहिरो पन्छाएर सडक सुचारु गर्न अझै केहि समय लाग्ने प्रहरीले बताएको छ ।
 


Author

थप समाचार
x